सिद्धार्थ क्यापिटलको ३० प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले करसहित ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज ९ गते साधारण सभा बोलाएको छ ।

सभा यस क्यापिटलको कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा अपराह्न साढे ४ बजे सुरु हुनेछ । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । त्यस्तै, आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार