CLI

एचएलआई लार्ज  क्याप फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले भदौ १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एचएलआई लार्ज क्याप फण्डको इकाई खरिदका लागि आवेदन दिने आज (भदौ १९ गते) अन्तिम दिन रहेको छ ।

हिमालयन इन्भेष्टमेन्ट बैंकरले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ४ अर्ब रुपैयाँबराबरको ४० करोड इकाईमध्ये बीज पूँजीबापत ५० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० करोड इकाई कोष प्रबर्द्धक हिमालयन लाइफ इन्स्योरेन्सका लागि सुरक्षित गरी बाँकी न्यूनतम २ अर्ब रुपैयाँबराबरको २० करोड इकाई सर्वसाधारणका लागि निष्काशनमा ल्याएको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड रहेको छ ।

उक्त योजनाको इकाईमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

Leave Your Comment

Related News