बिहीबार नेप्से सूचक घट्यो, कारोबार रकममा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से सूचक घटेको छ । नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेर ४६९.८३ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.४७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.२६ अंकले घटेको हो ।

बिहीबार ३१७ वटा कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १४ करोड ४३  लाख पुगेको छ । कारोबार रकम  बुधबारको तुलनामा ४१ करोड ६३ लाखले बढी हो । बुधबार ३२३  वटा कम्पनीको १ करोड १३  लाख ४५  हजार ९९४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम  ४ अर्ब ७२ करोड ८० लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब ४६ अर्ब ७४ करोड  रहेको छ । बिहीबार ८५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १६५ वटाको  घटेको छ । यस दिन ११ वटा समूह  घटेको छ । वाणिज्य बैंक ५ , विकास बैंक २२.२४ , वित्त ८.८९ , होटल पर्यटन ४५ , जलविद्युत १, लगानी ०.३४, जीवन बीमा ५१, उत्पादन र प्रशोधन १५, लघुवित्त ८.१ , निर्जीवन बीमा १३.२६  र अन्य समूह १३.४४ अंकले घटेका छन् र म्युअुचल फण्ड ०.०२ र व्यापार समूह २३.४६  बढेको छ ।

यसदिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल  रिइन्स्योरेन्स , बिन्ध्यवासिनी हाइड्रोपावर ,हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर र हिमालयन डिस्टिलरी रह्यो । नेपाल  रिइन्स्योरेन्सको ३५ करोड ३५  लाख,बिन्ध्यवासिनी हाइड्रोपावर १९ करोड ,हिमालयन रिइन्स्योरेन्स १७ करोड ६९ लाख,युनियन हाइड्रोपावर १७ करोड ५८ लाख र हिमालयन डिस्टिलरी १५ करोड ७१ लाख बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार