काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई धनगढी, कैलालीमा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध प्राप्त गर्न सक्ने छन् ।
स्वास्थ्य उपचार गर्दा छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्न् छन् ।
यस बैंकका ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा ओपिडि, प्याथालोजी, एक्स्रे, यूएसजी, इन्डोस्कपी, नर्मल बेड, एचडीयू/आइसीयू, ए/सी क्याविन, सर्जरी, मेडिसीन, सीटी स्क्यान जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

