काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल ब्यालेन्स्ड फण्ड-३ को नगद लाभांशमा मूल्य समायोजन भएको छ । नबिल ब्यालेन्स्ड फण्ड-३ को १३ प्रतिशत नगद लाभांश (कर सहित) मूल्य समायोजन भएको छ । फण्डको बिहीबारको क्लोजिङ प्राइसलाई १०.६१ रुपैयाँमा मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात फण्डको इकाई मूल्य ९.३१ रुपैयाँ कायम भएको छ ।
नबिल ब्यालेन्स्ड फण्ड-२ को पनि १३ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजन पश्चात यसको इकाई मूल्य ९.५१ रुपैयाँ कायम भएको छ । बिहीबारको क्लोजिङ प्राइसलाई आधार मानेर भाउ समायिजन गरिएको हो । सोही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको सेयर कारोबार खुल्नेछ ।

