एनआईएमबि एस क्यापिटलका ३ वटा म्युचुअल फन्डको लाभांश घोषणा, कसको कति ?

काठमाडौं । एनआईएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल ग्रोथ फण्ड, एनआईबीएल समृद्धि फण्ड-२ र मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को लाभांश घोषणा भएको छ ।

एनआईबीएल ग्रोथ फण्डले गत वर्षको नाफाबाट करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । त्यस्तै, मेगा म्युचअल फन्डको ११.७५ प्रतिशत, र एनआईबीएल समृद्धि फण्ड-२ ले ७ प्रतिशत लाभांश घोषणा गरेको छ । लाभांश प्रयोजनार्थ ३ वटै फन्डले भदौ २७ गते बुक क्लोज गर्दैछन् । तसर्थ, भदौ २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार