काठमाडौं । ज्योति क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ ।
सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय, सभाहल, कमलपोखरी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

