स्वेडा इक्विटीले बोलायो साधारण सभा

काठमाडौं । स्वेडा इक्विटी फन्ड लिमिटेडले भदौ २८ गते ५ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय, लाजिम्पाट-२, काठमाडौंमा बेलुका ५ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु पनि सभामा पेश हुनेछन् ।

स्वेडा इक्विटीले गत वर्ष ७६ लाख ३० लाख रुपैयाँ नाफा कमाएको छ । फन्डको जगेडामा १३ लाख रुपैयाँ छ । चुक्ता पुँजी १० करोड छ । स्वेडा इक्विटीले नेपाल इम्प्याक्ट फन्ड-१ सञ्चालन गरेको छ । फन्डको साइज २ अर्ब रुपैयाँ बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार