सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । आईतबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार सुन प्रतितोला २ लाख १२ हजारमा कारोबार भइरहेको छ । शुक्रबार सुनको भाउ प्रतितोला २ लाख १० हजार
४०० रुपैयाँ रहेको थियो ।

यसैगरी आइतबार चाँदीको मूल्यमा पनि वृद्धी भएको छ । आईतबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ५०० रुपैयाँ पुगेको छ । शुुृक्रबार चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार