नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ११.५२ अंकले घटेर २७०८.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.३२ अंकले घटेर ४६७.५१ विन्दुमा पुगेर बन्द भएको छ । फ्लोट इन्डेक्स ०.७७ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले घटेको हो ।

आइतबार ३३४ वटा कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४० करोड २७ लाख बराबर कारोबार भएको छ । जुन बिहीबारको तुलनामा ७४ करोड १६ लाखले कम हो । बिहीबार ३१७ वटा कम्पनीको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १४ करोड ४३ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४५ खर्ब २७ अर्ब ४७ करोड रहेको छ । आइतबार ७९ वटा कम्पनको शेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण ३ वटा समूह बढ्दा १० वटा समुह घटेको छ । वित्त २, उत्पादन र प्रशोधन ३ र म्युअुचल फण्ड ०.०८ अंकले बढ्दा वाणिज्य बैंक ९, विकास बैंक ५, होटल पर्यटन ३३, जलविद्युत २३, लगानी ०.५७, जीवन बीमा ५२, लघुवित्त ९, निर्जीवन बीमा २३, व्यापार १० र अन्य समूह ९ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनियन हाइड्रोपवार लिमिटेड, नेपाल रिइन्स्योरेन्स,एभरेष्ट बैंक, हिमालयन डिष्ट्रलरी र युर्निभसल पावर कम्पनी रह्यो । युनियन हाइड्रोपवार लिमिटेडको २९ करोड ९९ लाख, नेपाल रिइन्स्योरेन्सको २७ करोड ४६ लाख,एभरेष्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिष्ट्रलरीको १६ करोड ५ लाख र युर्निभसल पावर कम्पनीको १३ करोड १ लाख बराबर करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार