ग्लोबल आइएमई क्यापिटलको लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको सञ्चालक समिति बैठकले  गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज १ गते साधारण सभा बोलाएको छ । सभा होटल ले हिमालयन, लाजिम्पाट, काठमाडौंमा दिउँसो साढे ४ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार