CLI

लाभांश र हकप्रद सेयर प्रस्तावको निर्णय हुने वित्तिकै नेप्सेलाई जानकारी दिनु पर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई नगद लाभांश, हकप्रद सेयर, बोनस सेयर र थप सेयर निष्कासन गर्ने निर्णय हुने वित्तिकै उक्त सूचना उपलब्ध गराउन निर्देशन दिएको छ ।

एक्चेन्जले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा धितोपत्र सूचीकरण सम्झौता अनुसार यस्तो निर्णय हुने वित्तिकै सञ्चालक समितिको बैठक बसेको समय समेत उल्लेख गरी (NOTS Login) बाट नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा उपलब्ध गराउन निर्देशन दिएको हो ।

यता, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, प्रति सेयर कुल सम्पत्तिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण सहितको त्रैमासिक प्रतिवेदन त्रैमास समाप्त भएको ३० दिन भित्र बुझाउनु पर्ने भएको छ । त्यस्तै, आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।

Leave Your Comment

Related News