काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८१।८२ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको छ । १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभाशं (कर समेत) गरी १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् । योसँगै लाभाशं घोषणा गर्ने कामना सेवा पहिलो विकास बैंक समेत भएको छ ।
गत वर्ष बैंकले १२ प्रतिशत लाभाशं वितरण गरेको थियो । बैंकको आईतबार ४ बजे बैंकको केन्द्रीय कार्यालयमा बसेको संचालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

