एकैदीन ४ संसदीय समितिको वैठक वस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभा गरि आज ४ संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधीसभा अन्तर्गत  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति १२.३० बजेन बस्न लागेको छ ।  आजको बैठकाम केरा व्यवसायी कृषकका समस्याका सम्बन्धमा अर्थ, कृषि तथा पशुपंक्षी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सरोकारवालासँग छलफल, गर्ने कार्यसूची रहेको छ । त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ११ बजे बस्न लागेको छ । नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने माननीयहरुसँग छलफल गर्ने कार्ञसूची रहेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वैठक ११.३० बजे बस्नेछ बैठकमा स्वास्थ्य सम्बन्धी समसामयिक विषयमा स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको वैठक बस्न लागेको हो । आजको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन मस्यौदा वारेमा छलफल हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार