काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र शाखा अधिकृत गरेर ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले आइतबार ४४ उपसचिव र २८ शाखा अधिकृत गरेर ६१ कर्मचारीको सरुवा गरेको हो ।
जसमा २८ जना शाखा अधिकृतको सरुवा गर्दा १६ जना शाखा अधिकृतलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

