ओरियन्टल होटल्सले हकप्रद सेयर जारी गर्ने, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले २६.६३ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । होटल्सले उक्त प्रस्ताव पेश गर्न असोज ३१ गते साधारण सभा बोलाएको छ । सभा  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा दिउँसो ११ बजे सुरु हुनेछ ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् । कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज २ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार