काठमाडौं । कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबरको गोली लागेको छ। बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ। बानेश्वरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यासपछि रबरको गोली चलाएको हो।
कान्तिपुर टेलिभिजनका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो

