संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समिति बैठक छाडेर बाहिरिए गृहमन्त्री रमेश लेखक

काठमाडौं । संसद् भवनभित्र जेनजी छिरेपछि संसदीय समितिको बैठक छाडेर गृहमन्त्री रमेश लेखक बाहिरिएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा सहभागी हुन गृहमन्त्री लेखक सिंहदरबार आएका थिए ।

सोमबारको समिति बैठकमा नेपाल प्रहरी विधेयकमाथी छलफल गर्ने कार्यसूची थियो । गृहमन्त्री लेखकसँगै गृहसचिव पनि बैठक छाडेर बाहिरिएका छन् ।

संसद् भवनभित्र जेनजी छिरेपछि समितिको आजको बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार