जेनजीको प्रदर्शनमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ । उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । अस्पतालमा दर्जनौं घाइते भर्ना भएका छन् । घाइतेको संख्या यकिन नभएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार