नेप्से घट्यो कारोबार बढ्यो

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.२१ अंकले घटेर ४६२.२९ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स २.२२ अंकले र सेन्सेटिभ इन्डेक्स १.८६ अंकले घटेको हो ।

सोमबार ३२० वटा कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब २३ करोड ३७ लाख पुगेको छ । जुन आइतबारको तुलनामा ८३ करोड १० लाख बढी हो ।

आइतबार ३३४ वटा कम्पनीको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ४० करोड २७ लाख बराबर कारोबार भएको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४४ खर्ब ६७ अर्ब २९ करोड रहेको छ ।

सोमबार २२ वटा कम्पनको शेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

यस दिन सम्पूर्ण समूह १३ वटा घटेको छ । वाणिज्य बैंक १६, विकास बैंक ७९, वित्त २२, होटल पर्यटन ९१, जलविद्युत ४७, लगानी १, जीवन बीमा ११३, उत्पादन र प्रशोधन ९२, लघुवित्त ५७, निर्जीवन बीमा १५५, व्यापार १३४ र अन्य समूह ३७ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, युनियन हाइड्रोपवार लिमिटेड, युर्निभसल पावर कम्पनी , हिमालयन रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावर रह्यो । नेपाल रिइन्स्योरेन्सको ३० करोड ६८ लाख, युनियन हाइड्रोपवार लिमिटेडको २४ करोड ९ लाख, युर्निभसल पावर कम्पनीको २३ करोड २४ लाख , हिमालयन रिइन्स्योरेन्सको २१ करोड ९२ लाख र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड ५४ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार