CLI

ललितपुरका विभिन्न स्थान निषेधित क्षेत्र घोषणा

काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले उपत्यकामा बढिरहेका प्रदर्शन र संभावित अशान्ति नियन्त्रण गर्न संवेदनशील स्थानहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार २०८२ साल भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म ललितपुरका विभिन्न क्षेत्रमा सभा, जुलुस, भेला, धर्ना जस्ता गतिविधि पूर्ण रूपमा प्रतिबन्धित गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्ति सुरक्षा प्रभावित हुन सक्ने भन्दै निषेधाज्ञा जारी गरेको छ । आदेशको अवज्ञा गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवास वरिपरि २०० मिटर क्षेत्र (पूर्व इनारमोड जाने बाटोदेखि, पश्चिम निजामती राष्ट्रिय किताबखाना, उत्तर आन्तरिक राजस्व कार्यालय, दक्षिण मानव अधिकार आयोगसम्म)

भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र (पूर्व भैंसेपाटी–बुंगमती सडक, पश्चिम सिजी हाउजिङ, उत्तर भैंसेपाटी आवास गेट, दक्षिण इटनी जाने बाटोसम्म)

सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय क्षेत्र (पूर्व सानेपा चोक–ईन्द्रायणी मन्दिर सडक, पश्चिम बल्खु पुल–मनमोहन पार्क बागमती करिडोर, उत्तर चक्रपथको सर्भिस लेन, दक्षिण इन्द्रायणी मन्दिर–बागमती करिडोर सडकसम्म)

च्यासलस्थित नेकपा (एमाले) पार्टीको केन्द्रिय कार्यालय क्षेत्र (पूर्व मनोहरा खोला करिडोरको झोलुंगे पुल, पश्चिम च्यासल रंगशाला, उत्तर मनोहरा खोला, दक्षिण मल पोखरी जाने बाटो)

 

Leave Your Comment

Related News