बंगलादेशी राष्ट्रिय फुटबल टिम फर्किँदै

काठमाडौं । नेपालमा रहेको बंगलादेशी राष्ट्रिय फुटबल टिम बिहीबार ढाका फर्कने भएको छ । बंगलादेशी टिम र काठमाडौंमा रहेका बंगलादेशी पत्रकारलाई लिन त्यहाँको सेनाको विशेष विमान काठमाडौं आएको हो ।

‘अब भने बंगलादेशी टिम र पत्रकारको टोली ढाका फर्कने भएका छन्,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले बताए । उनको अनुसार बंगलादेशी सेनाको विमान ११ बजे ढाकातर्फ उड्ने छ ।

बंगलादेशी फुटबल टिम नेपालविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न काठमाडौं आएको थियो । त्यसमध्ये पहिलो खेल गोलरहित बराबरीमा टुंगेको थियो ।

जेन–जीको प्रदर्शनका कारण दुई टिमबीच मंगलबार हुनु पर्ने खेल भने रद्द गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बन्द गरिएको हुनाले टिम र पत्रकार यहीं रोकिएका थिए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार