काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ५०० रुपैयाँले घटेर २ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको भाउ प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । बुधबारपनि चाँदीको भाउ प्रतितोला २ हजार ५०५ रुपैयाँमा कारोबार भईरहेको थियो ।


