काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई सीमित कर्मचारीमार्फत आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा निरन्तर उपलब्ध गराउन निर्देशन दिएको छ ।
‘यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) लाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली (Critical System) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो website तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनु,’ राष्ट्र बैंकले सूचना मार्फत भनेको छ ।

