अन्तरिम प्रधानमन्त्रीको नाममा सैनिक मुख्यालय गेटमै जेन–जीको कुटाकुट

काठमाडौं । अन्तरिम प्रधानमन्त्री तय गर्न भन्दै सैनिक मुख्यालय अगाडि पुगेका जेन–जी युवाहरूबीच कुटाकुट भएको छ।

मुख्यालय अगाडिको सडकमा जेन–जीका दुई समूहबीच हानाहान भएको हो ।

त्यहाँ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो ।

 

अर्कातिर काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका छन् । उनीहरूबीच सैनिक मुख्यालयको गेटमा कुटाकुट र ग्याङ फाइट नै चलेको हो ।

अहिले सैनिक मुख्यालय अगाडिको सडक क्षेत्र दुई पक्षको कुटाकुटले तनावग्रस्त बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार