सभामुख र राष्ट्रियसभा अध्यक्षले भने– विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जनाएका छन् । शुक्रबार (भदौ २७) संयुक्त वक्तव्य जारी गर्दैै उनीहरूले संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । हाल विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति विधिको शासन र संविधाबाट बाहिर नजानेमा आफूहरू दृढ रहेको उनीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार