झापामा कर्फ्यु जारीः घरबाहिर ननिस्कन प्रशासनको आग्रह

झापा । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आज बिहान १० देखि बेलुका ५ बजेसम्म कर्फ्यू जारी रहेका कारण घर बाहिन ननिस्कन आदेश जारी गरेका छन् । उनले सो अवधिमा घरबाट बाहिर निस्कनै पर्ने जरुरी काम भएमा सुरक्षा निकायसँग अनुमति लिएर मात्र निस्कन जारी आदेशमा उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनपछि जिल्लामा केही अराजक तत्वले सार्वजनिक र निजी सम्पत्तिको लुटपाट, हत्या हिंसालगायतका घटना गरिरहेका कारण कर्फ्यू जारी राख्नुपरेको बताए । हाल कर्फ्यूको अवधिमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विर्तामोड, दमक, भद्रपुर, मेचीनगरलगायतका क्षेत्रमा गस्ती गरिरहेका छन् ।

उनीहरुले आदेशको उल्लङ्घन गरेर सवारी साधन लिएर बाहिर निस्किएकालाई जताबाट आयो उतै फर्काइरहेका छन् । प्रजिअ अधिकारीले बेलुका ५ देखि ७ बजेसम्म सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिदका लागि कर्फ्यू खुकुलो बनाएको बताए । साँझ ७ बजेदेखि पुनः २८ गते बिहान ६ बजेसम्म कर्फ्यू जारी रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार