काठमाडौं । जिल्ला सुरक्षा समितिले काठमाडौंमा जारी निषेधाज्ञा र कर्फ्यु हटाएको छ ।
महत्त्वपूर्ण स्थानमा विगतदेखि केही ठाउँ विशेषमा प्रदर्शन र आन्दोलन रोक्न लगाइएको निषेधित क्षेत्र भने कायम रहेको काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
शनिबार बिहान जिल्ला सुरक्षा समिति बैठकले सुरक्षा अवस्था समीक्षा गरेर यो निर्णय लिएको बताएको छ ।

