सम्पत्ति छानबिन गरी  अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गरौँ : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन् । विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।

साथै उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

भ्रष्टाचारीहरूमाथि कारबाही गरी सुशासन कायम गर्न र २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार