CLI

रवि लामिछाने पुनः नख्खु कारागारमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिनपछि पुनः नख्खु कारागारमा प्रवेश गरेका छन्। सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनी भदौ २४ गतेको जेन–जेड आन्दोलनका दिन सुरक्षागत कारण देखाउँदै कारागारबाट बाहिरिएका थिए।

शनिबार साँझ कारागार पुगेका लामिछानेले आफू स्वेच्छाले फर्किएको बताएका छन्। भिडियो सन्देशमार्फत उनले, “राजनीतिक प्रतिशोधका कारण ममाथि अन्याय भयो। तर अहिले न्यायप्रेमी नेतृत्व मुलुकमा आएको छ भन्ने विश्वासका साथ म कारागार फर्किरहेको छु,” भनेका छन्।

यसबीच कारागार प्रशासनले लामिछानेले अघिल्लो पटक सार्वजनिक गरेको ‘रिहाइ पत्र’ लाई फर्जी बताउँदै यसअघि बाहिरिएका अन्य कैदीबन्दीलाई समेत फर्किन निर्देशन दिएको थियो।

Leave Your Comment

Related News