सोमबार सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?  

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महसंघले जनाएको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य निरन्तर ऐतिहासिक उचाई बनाउदै बढेको छ । यस दिन चाँदी तोलामा ५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । सोमबारको बजारमा चाँदी २ हजार ५७५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । आइतबारको बजारमा चाँदी २ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार