काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अर्थमन्त्रीमा रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । उनी हिजो अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनले शीतलनिवासमा आज बिहान ११।३० राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्य दुई मन्त्रीहरू कुलमान घिसिङ र ओमप्रकाश अर्यालसँगै पद तथा गोपनीयताको शपथ लिएका हुन्।
आगामी फागुन २१ मा चुनाव गराउने म्यान्डेटसहित जेनजी प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपदस्थ गर्दै पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको नयाँ सरकार बनेको हो।
प्रधानमन्त्री कार्कीले खनाललाई युवाहरुको सिफारिसमा अर्थमन्त्री बनाएका हुन्। २०१३ असारमा पाल्पामा जन्मिएका खनाललाई देशको अर्थतन्त्र बुझेको व्यक्तिका रुपमा चिनिन्छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका छन्।
३१ वर्ष निजामती सेवाको अनुभव संगालेका खनाल नेपाल सरकारका पूर्वअर्थ तथा राजस्वसचिव हुन्। उनीसँग १६ वर्षको अध्यापन अनुभवसमेत छ।
उनीसँग गत भदौमा जेनजीको आन्दोनलमा ध्बस्त भएका संरचना निर्णाण नेपालको अर्थतन्त्र बिकासको लागि चालनु पर्ने कबद चाली स्रोत जुटाउन सक्ने व्यक्तिका रुमा हेरिएको छ । चुनौतिपुण समयमा अर्थ मन्त्रालय सञचालन गर्न आएका उनीसँग नेपाली जनताको आस गरेका छन ।

