काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन् । उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन् ।
आफुलाई सुरक्षा चाहिने र सुरक्षासँग सम्बन्धित सेवा सुविधा बाहेक मन्त्रीको हैसियतमा अन्य कुनै सेवा सुविधा नलिने उनले बताए। उनलाई भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि दिईएको छ ।
उनले आज ऊर्जा मन्त्रालयको कार्यकक्षमा उनले पदभर ग्रहण गरेका हुन् । पदभार ग्रहण लगत्तै उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्। विभिन्न उद्योगहरुले ८ अर्ब बढी विद्युत बक्यौता उठाउन बाँकि रहेको बताइन्छ।
घिसिङलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। प्राधिकरणमा रहँदा पनि उनले सो बक्यौता महशुल उठाउन खोजेका थिए। तर उनी बर्खास्तीमा परे। अब उर्जा मन्त्री नियुक्त भएसंगै फेरि उनले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका हुन् ।

