काठमाडौं । काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकस्थित सडकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ललितपुरको सातदोबाटो बस्ने मोटरसाइकल चालक ३१ वर्षीय मनिष केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा दुर्घटनामा गम्भीर घाइते केसीको सोमबारमृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

