काठमाडौं । गत बदौ २३ र २४ गते भएको जेनजी पुस्ता (१९९७ -२०१२ को बिचमा जन्म भएका युवा)ले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध फुकुवा, स्थिर सरकार र भ्रष्ट्रचार नियन्त्रणका लागि संयन्त्र निर्माणको माग राखेर भाद्र २३ बाट शुरु भएको जेन जी आन्दोलनको क्रममा सिहदरवार सहित वरपर रहेका सरकारी कार्यलयमा आगजनी हुँदा साना गाडि बस र मोटरसाईल गरि १ हजार ४२ सबारी साधन ध्वस्त भएका छन् । भने कतिपय सवारी साधनको कति संख्यामा रहेका थिए र के करि क्षेति भयो भन्ने बिबरण नै रहेको छैन । सो क्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कायालयमा रहेका ४७ साना गाडी बस डडेका छन् भने ७४ मोटरसाइकल डडेका छन् । अर्थ नमत्रालयमा रहेका ३६ साना गाडि बस डडेका छन् भने ५४ मोटरसाइके डडेका छन् गृह मन्त्रालयमा रहेका २५ साना गाडि बस र ३० मोटरसाइक डडेका छन। कृषि तथा पशुपन्छी बिकास मन्त्रालयमा रहेका ९ र ३० मोटरसाईकल आगजनीले ध्वस्त भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका ३३ साना, २ बस र ३६ मोटरसाईल डडेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २६ साना गाडी र बस डडेका छन् भने ४७ मोटरसाइक डडेका छन् युवा तथा खेलकुद मन्त्रालयमा रहेका १९ साना गाडी र बस डडेका छन् भने २३ मोटरसाईल डडेका छन् । सङ्घीय संसद्मा रहेका १८ साना गाडी बस र ३६ मोटरसाइकल डडेका छन् । वन तथा वातावरण मन्त्रालयमा रहेका १७ साना गाडी बस डडेका छन् भने १० मोटरसाईकलल डडेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा कुनैपनि साना गाडी बसमा क्षेति भएको छैन भने ९ मोटरसाइल डडेका छन् काठमाडौं उपत्याका ट्राफिक प्रहरी कार्यालय बग्गीखानामा १८ साना गाडी बस र १९ मोटरसाइकल डडेका छन् सर्वोच्च अदालतमा कुनैपनि सवारी साधन गणना गर्न सकिएको छैन भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेका २२ साना गाडी बस र १४ मोटरसाइकल डडेका छन् सहरी विकास तथा भवन निर्माण विभागमा रहेका ५० साना ठुला गाडी र अनुमानित २०० मोटरसाइकल डडेको सरकारी तथ।याङ्क रहेको छ । सडक विभागमा रहेका ६५ साना गाडी बस ध्वस्त भएका छन् भने मोटरसाईक कति थिए र भन्ने तथ्यांक पनि रहेको छैन महान्यायाधिवक्ताको कार्यालयमा भने एकदमै कम सवारीको क्षेति भएको छ जसमा २साना गाडी र १ बस मात्र डडेको बिबरण रहेको छ ।

