काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई फेसबुक मार्फत सम्बोधन गर्दै सम्पाङलाई माया गर्न नछोड्ने बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै भने,
डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️
आफूलाई प्रधानमन्त्री नबनाएको भनेर धरानका मेयर हर्क साम्पाङ यतिबेला विभिन्न टिप्पणी गरिरहेका छन् । यहाँसम्म कि उनले काठमाडौंका मेयर बालेन शाहको पनि घुमाउरो तरिकाले आलोचना गरिरहेका छन् ।


