CLI

च्याम्पियन्स लिग : टोटेनहम जित, युभेन्टस र डर्टमुन्डको रोमाञ्चक बराबरी

काठमाडौं । च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन् । युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४–४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १–० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै निर्णायक गोल भयो। लुकास बर्गवालले रिचार्लिसनलाई क्रस गर्दा गोलकिपर लुइज जुनियरले सहजै नियन्त्रणमा लिन सक्थे, तर गल्ती गर्दै बललाई आफ्नै पोस्टभित्र पुर्‍याए।

युभेन्टस र डर्टमुन्डबीचको खेल स्मरणीय रह्यो। पहिलो हाफ गोलरहित भए पनि दोस्रो हाफमा ८ गोल भयो । खेलको पहिलो हाफ गोलरहित रह्यो। ५१औँ मिनेटपछि गोलको वर्षा सुरु भयो र तीन पटक पछि परेको युभेन्टस अन्ततः बराबरीमा फर्कन सफल भयो। डिफेन्डर लोयड केली नायक बने। उनले पेनाल्टी दिँदा डर्टमुन्डले ८६औ मिनेटमा ४–२ को अग्रता बनाएको थियो। तर इन्ज्युरी समयमा २ गोल फर्काउँदै युभेन्टसले बराबरी गर्यो। इन्ज्युरी समयको चौथो मिनेटमा दुशान भ्लाहोभिचले गोल गर्दै आशा जगाए । इन्ज्युरी समयको छैंटौं मिनेटमा भ्लाहोभिचकै क्रसमा केलीले हेडिङमा गोल गर्दै खेललाई बराबरी बनाए ।

यो च्याम्पियन्स लिग इतिहासमा एकै हाफमा ८ गोल भएको यो मात्र दोस्रो पटक हो। गत सिजन बायर्न म्युनिखले डिनामो जाग्रेबलाई ९–२ ले हराउँदा दोस्रो हाफमा ८ गोल गरेको थियो । रियलले घरेलु मैदानमा मार्सेलाई २–१ ले हरायो। किलियन एम्बाप्पेले दुवै गोल पेनाल्टीमार्फत गर्दै टोलीलाई जिताए। पोर्चुगलमा बेन्फिकाले घरेलु मैदानमा पराजय बेहोर्नुप¥यो। अझरबैजानको काराबागले ३–२ ले जित निकाल्दा पेद्रो बिकाल्हो निर्णायक रहे।

आर्सनलले एथलेटिक क्लबलाई २–० ले पराजित ग¥यो । नेदरल्याण्ड्समा भने अप्रत्याशित नतिजा निस्कियो । पिएसभी आइन्डोभेनलाई बेल्जियमको युनियन सेन्ट–गिलोइजले ३–१ ले हरायो ।

 

Leave Your Comment

Related News