काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको थोरै रकम बजारमा आउनु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बढ्दै गएको देखिन्छ । ऋण दिन मिल्ने रकम धेरै भएको भन्दै करिब डेढ वर्षयता राष्ट्र बैंकले लगातार सातामा दुई दिन (आइतबार र बुधबार) बजारबाट पैसा झिक्दै आएको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन १२.४४ प्रतिशतले बढेको छ । अर्थिक वर्ष २०८१/८२ मा ७३ खर्ब ३ अर्ब ५३ करोड १० लाख निक्षेप संकलन भएको छ । अघिल्लो आव २०८०/८१ को तुलनमा उक्त निक्षेप संकलन १२.४४ प्रतिशत अर्थात् ८ अर्ब ७ खर्ब ९४ करोड ८० लाखले बढी हो । गत आवमा ६४ खर्ब ९५ अर्ब ५८ कारोड ३० लाख निक्षेप संकलन भएको थियो ।
संकलित निक्षेप मध्ये गत आवमा चालु खातामा ५ खर्ब २७ अर्ब ८९ कारोड ४० लाख रहेको छ । जुन अघिल्लो आवाको तुलनमा ३८.२६ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब ७ करोडले बढी हो । अघिल्लो आवामा चालु खातामा ३ खर्ब ८१ अर्ब ८२ करोड ४० लाख निक्षेप रकम रहेको थियो ।
गत आवमा बचत खातामा २६ खर्ब ७३ अर्ब ४४ करोड ३० लाख रकम रहेको छ । जुन अघिल्लो आवाको तुलनमा ३७ प्रतिशत अर्थात् ७ खर्ब १९ अर्ब ५ करोड ४० लाखले बढी े । अघिल्लो आवामा बचत खातामा १९ खर्ब ५४ अर्ब ३८ कारोड ९० लाख बचत रहेको थियो ।
गत आवमा मुद्दती खातामा ३५ खर्ब ६ अर्ब ९७ कारोड ९० लाख रकम रहेको छ । जुन अघिल्लो आवको तुलनमा १ खर्ब ३५ अर्ब ८५ करोड ८० लाखले कम हो । अघिल्लो आवमा मुद्दती खातामा ३६ खर्ब ४२ अर्ब ८३ करोड ७ लाख रकम रहेको थियो ।
रष्ट्र बैंकका अनुसार गत आवमा वाणिज्य बैंकमा निक्षेप ६५ खर्ब ४१ अर्ब ६५ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनमा १४ प्रतिशत अर्थात् ७ खर्ब ८४ अर्ब ८४ कारोड १० लाखले बढी हो । अघिल्लो आवमा वाणिज्य बैंकमा निक्षेप ५७ खर्ब ५६ अर्ब ८० कारोड ९० लाख रहेको थियो ।
गत आवमा विकास बैंकमा निक्षेप ५ खर्ब ८ अर्ब ९७ कारोड ४० लाख रहेको छ । जुन अघिल्लो आवको तुलनमा १ खर्ब १ अर्ब १९ कारोड ७० लाखले कम हो । अघिल्लो आवमा विकास बैंकमा निक्षेप रकम ६ खर्ब १० अर्ब १७ करोड १० लाख रहेको थियो ।
गत आवमा वित्त कम्पनीहरुमा निक्षेप रकम १ खर्ब ३१ अर्ब ४४ कारोड ४० लाख रहेको छ । जुन अघिल्लो आवाको तुलनमा २ अर्ब ८४ करोड १० लाखले बढी हो । अघिल्लो आवमा वित्त कम्पनीहरुमा निक्षेप १ खर्ब २८ अर्ब ६० करोड ३० लाख रहेको थियो ।
अर्थतन्त्र चलायमान बन्न नसक्दा आर्थिक गतिविधिमा सुस्तता आएको र त्यसको असरले कर्जा माग बढ्न सकेको छैन । कर्जा माग बढेर आर्थिक गतिविधि चलायमान बन्न सहयोग पुगोस् भनेर पछिल्लो समयमा मौद्रिक लचकता अपनाइए पनि लक्ष्यअनुसार कर्जा विस्तार हुन नसकेको राष्ट्र बैंकका अधिकारीहरु बताउछन् । जसका कारण वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति छ । लामो समयदेखिको अधिक तरलताको अवस्था आउँदा महिनाहरूमा पनि कायमै रहने र अझै बढ्ने देखिएको अधिकारीहरु बताउछन् । अधिक तरलता बढ्ने संकेत देखिएपछि ब्याजदर धेरै तल नजाओस् भनेर राष्ट्र बैंकले लामो अवधिका लागि बजारबाट निक्षेप झिकिरहेको छ ।

