काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१\८२ को मुनाफाबाट कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ। कम्पनीले असोज ३१ गते साधारणसभा आह्वान गरेको छ। सभा द प्लाजा, पुल्चोक, ललितपुर हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ देखि असोज ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

