काठमाडौं । अब अन्तर्राष्ट्रिय कार्ड नेटवर्कबाट राजस्व भुक्तानी गर्न सकिने भएको छ । बिहीबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र एकनारायण अर्यालबाट राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आवद्धताको शुभारम्भ भएको हो ।
सोसँगै विदेशमा रहेका सेवाग्राही र नेपाल आउने पर्यटकको लागि राजस्व भुक्तानी प्रक्रिया सहज भएको छ । यो भुक्तानी प्रणालीबाट Master Card, Visa Card, Alipay लगायतका अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमा आबद्ध कार्डहरु मार्फत नेपाल सरकार अध्यागमन विभागद्वारा निर्धारित सेवा प्राप्त हुने जनाइएको छ ।


