नबिल इन्भेष्टमेन्ट बैंकिङले असोज २४ गते साधारण सभा गर्ने, लाभांश प्रस्ताव पर्ने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले असोज २४ गते वार्षिक साधारण सभा बोलाएको छ । नबिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीले सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा गर्न लागेको हो ।

यस वर्ष कम्पनीले कुल २६ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव कम्पनीले गरेको हो । उल्लेखित प्रस्तावसहित गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय सभाले टुङ्ग्याउनेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव गरेको कम्पनीले त्यसका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ । सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार