CLI

जेनजी आन्दोलनका घटनामा छानबिन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, तोडफोड र लुटपाटको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

विशेष अदालतका पूर्व अध्यक्ष तथा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगलाई आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको तथ्यगत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त आयोगले आन्दोलनका क्रममा देखिएका प्रश्नहरूको निष्पक्ष छानबिन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को नेतृत्व परिवर्तन गर्ने निर्णय समेत गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अघि बढाएका एआइजी मनोज केसीलाई सीआइबी प्रमुखमा ल्याइएको छ।

Leave Your Comment

Related News