बाढी–पहिरोका कारण अवरुद्ध छन् यी सडकखण्ड

काठमाडौं । सोमबार बिहान ९ बजेसम्म देशका ५ सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएका छन् । प्रहरीका अनुसार कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवा क्षेत्रमा सडक पूर्ण रुपमा अवरुद्ध छ । बाढीका कारण रसुवाको गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल चीन नाका जोड्ने पुल पूर्ण रुपमा बन्द भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार