काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । यस क्यापिटलको असोज ५ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सस्थाले लाभांश प्रस्ताव पेश गर्न असोज २७ गते साधारण सभा बोलाएको छ । सभा नेपाल एसबिआई बैंकको प्रधान कार्यालयको सभाहल, कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

