गृहसचिव दवाडीलाई हटाइयो दंगाललाई ल्याइयो, दवाडी सहित ३ सचिवको सरुवा

काठमाडौं । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । सरकारले गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्बले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिएका छन् । गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको छ।

भदौ २३ र २४ गते भएको आन्दोलन दमनमा गृह प्रशासनको नेतृत्व गरेका दुवाडीमाथि छानबिन हुनुपर्ने माग उठिरहेका बेला सरकारले उनलाई जिम्मेवारीबाट हटाएको हो । जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोग गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार