नेप्से सँगै घट्यो कारोबार रकम

काठमाडौं । साताको चौथो दिन शेयर बजार दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.९७ अंकले घटेर ४५९.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.९५ अंकले र सेन्सेटिभ इन्डेक्स १.७६ अंकले घटेको हो ।

बुधबार ३१७ वटा कम्पनीको ९४ करोड ८ हजार ६६३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १२ करोड ४८ लाख पुगेको छ । जुन मंगलबारको तुलनामा १ अर्ब १६ करोड ५२ लाखले कम हो ।

बुधबार ५३ वटा कम्पनको शेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन १ वटा समूह बढ्दा ११ वटा समूह घटेको छ । होटल र पर्यटन ५६ अंकले बढ्दा वाणिज्य बैंक १०, विकास बैंक ६६, वित्त ३४, जलविद्युत ३४, लगानी २, जीवन बीमा ६६, उत्पादन र प्रशोधन ९, लघुवित्त ४३, निर्जीवन बीमा १६४, व्यापार ६५ र अन्य समूह ५४ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा युनियन हाइड्रोपवार लिमिटेड, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, सिइडीबी होल्डीङस र शिवम सिमेन्ट रह्यो । युनियन हाइड्रोपवार लिमिटेडको २२ करोड १३ लाख, नेपाल रिइन्स्योरेन्सको १७ करोड ३२ लाख, हिमालयन रिइन्स्योरेन्सको १३ करोड ३७ लाख, सिइडीबी होल्डीङसको १२ करोड ६० लाख र शिवम सिमेन्टको ११ करोड ३ लाख बराबर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार