काठमाडौं । पछिल्लो समय मुलुकको निर्यात व्यापार बढेको छ । भन्सार विभागका अनुसार चालु अर्थिक बर्ष २०८२्८३ को पहिलो दुई महिनामा निर्यात ८८.५७ प्रतिशत र आयात १६.२३ प्रतिशतले वृद्धि भएको छ ।
विभागका अनुसार चालु अर्थिक वर्षको दुई महिनामा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको आयात गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १३.२३ प्रतिशतले बढी हो। अघिल्लो आवामा २ खर्ब ६२ अर्ब ४२ करोड रुपैयाँको आयात गरेको थियो ।
विभागका अनुसार चालु आवको दुई महिनामा ४ खर्ब ७१ अर्ब ३ करोड रुपैयाँको निर्यात गरेको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ८८.५७ प्रतिशत बढी हो। अघिल्लो आवमा २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँको निर्यात रहेको थियो । विभागका अनुसार सबैभन्दा धेरै निर्यातमा सोयाबिनको तेल रहेको छ , जुन २० अर्ब ४२ करोड २ लाख रुपैयाँको निर्यात भएको छ ।
आयात निर्यातसँगै मुलुकको व्यापार घाटा पनि बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुलुकको व्यापार घाटा ८.५९ प्रतिशतले बढेर २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । जबकि गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड रुपैयाँ थियो । वस्तुको आयात बढिरहँदा सरकारले ७७ अर्ब ६३ करोड राजस्व संकलन गरेको छ ।

