शेयर बजारमा साढे ३ अर्ब पनि पुगेन कारोबार रकम, नेप्से पनि घट्यो

काठमाडौं । चाडवाड नजिकिएसँगै शेयर लगानीकर्ताहरुले शेयर बजारमा आफनो लगानी घटाएका छन्, जसले गर्दा नेपाल स्टक एक्सचेन्ज, नेप्सेसँगै कारोबार रकम पनि न्यून हुन पुगेको छ । यो सँगै साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक २.३५ अंकले घटेर २६५२.० विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१० अंकले घटेर ४५९.२८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.२० अंकले र सेन्सेटिभ इन्डेक्स ०.०४ अंकले घटेको हो ।

बिहीबार ३२७ वटा कम्पनीको ७९ लाख ५३हजार ७४० कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब २६ करोड ४ लाख पुगेको छ । आज ३७ हजार ५६२ पटक शेयर खरिद बिक्री भयो । कारोबार रकम भने बुधबारको तुलनामा ८६ करोड ४४ लाखले कम हो । बुधबार ३१७ वटा कम्पनीको ९४ करोड ८ हजार ६६३ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब १२ करोड ४८ लाख पुगेको थियो ।

बिहीबार १०७ वटा कम्पनीको शेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन ४ वटा समूह बढ्दा ९ वटा समूह घटेको छ । बैंकिङ २, लगानी ०.२३, म्युअुचल फण्ड ०.१० र व्यापार ५३ अंकले बढ्दा विकास बैंक २५, वित्त १२, होटल र पर्यटन ९९, जलविद्युत १, जीवन बीमा ३, उत्पादन र प्रशोधन ४७, लघुवित्त ५, निर्जीवन बीमा ४४ र अन्य समूह १२ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, युनियन हाइड्रोपवार लिमिटेड, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैैंक रह्यो ।

नेपाल रिइन्स्योरेन्सको ३० करोड ९० लाख, युनियन हाइड्रोपवार लिमिटेडको १८ करोड ३४ लाख, हिमालयन रिइन्स्योरेन्सको ११ करोड ३८ लाख, कालिका पावरको ७ करोड ३४ लाख र लुम्बिनी विकास बैैंकको ६ करोड ८२ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार