काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले टिगद्वारा प्रस्तुत नास–आईटी एक्स्पो २०२५ को घोषणा गरेको छ। यो आगामी नोभेम्बर ७–८ मा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आयोजना हुँदैछ।
नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नास–आईटी एक्स्पो २०२५ आयोजना हुँदैछ। यस एक्स्पोले स्थानीय क्षमतालाई प्राथमिकता दिँदै उद्यमशीलतालाई प्रोत्साहन गर्ने, प्रविधि उद्योगको स्तरोन्नति बढाउने र नेपालको प्रविधि क्षेत्रमा दिगो विकास योगदान गर्ने लक्ष्य राखेको छ।
नास-आईटी एक्स्पो २०२५को मुख्य प्रायोजकको रूपमा टिगरहेको घोषणा गर्न पाउँदा हामी गर्वित छौं।यो नेपालकै पहिलो व्यवसाय केन्द्रित प्रविधि मञ्च हुनेछ जसको प्रमुख उद्देश्य आईटी सेवा प्रदान गर्ने कम्पनीहरूलाई कर्पोरेट क्षेत्र, बैंकिङ र बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय तथा लगानीकर्ताका प्रमुख निर्णयकर्ताहरूसँग प्रत्यक्ष जोड्नु हो। अन्य प्रदर्शनीहरूभन्दा फरक यस कार्यक्रमले विशेषगरी आर्टिफिसियल इन्टेलिजिन्स (एआई) र डिजिटल रूपान्तरणमा जोड दिँदै व्यवसायिक सहकार्य, सम्झौता र ब्रान्ड निर्माणको केन्द्रका रूपमा आफूलाई स्थापित गर्दैछ।
नास–आईटीका अध्यक्ष गौरव पाण्डेको अनुसार, “हाम्रो लक्ष्य नेपालको अत्याधुनिक आईटी सोलुसन प्रदर्शन गर्नु, उद्योगहरूसँग सहकार्य गर्नु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु हो।”
एक्स्पो २०२५ का मुख्य आकर्षणहरू
● ३० भन्दा बढी आईटी कम्पनीहरूका प्रदर्शनी: व्यवसायलाई अझ प्रभावकारी र दिगो बनाउन गरिएका सेवा र समाधानहरूको विविध प्रदर्शन।
● विशेष अफर र प्याकेजहरू: प्रदर्शकहरूले अवलोकनकर्ताहरूलाई विशेष अफर र प्याकेजहरू उपलब्ध गराउने जसले कार्यक्रममै वास्तविक व्यवसायिक अवसर सिर्जना गर्नेछ।
● पिच डेक र नयाँ समाधानको शुभारम्भः कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधान सार्वजनिक गर्ने, प्रत्यक्ष पिच सेसनमार्फत नवप्रवर्तन र व्यावहारिक प्रयोग प्रदर्शन गर्ने।
● लगानीकर्ता र कर्पोरेट नेटवर्किङः आईटी कम्पनी, कर्पोरेट, वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष संवाद र सहकार्यलाई प्रोत्साहन गर्न विशेष स्थान।
दुई दिनसम्म चल्ने यस कार्यक्रममा प्रविधिलाई प्रयोग गरी वृद्धि, कार्यक्षमता र प्रतिस्पर्धात्मक लाभ हासिल गर्ने उद्देश्य राखेका कर्पोरेट नेतृत्व, नीतिनिर्माता, लगानीकर्ता र उद्यमीहरू सहभागी हुने अपेक्षा गरिएको छ।

