काठमाडौं । गरिमा क्यापिटलको अध्यक्षमा अनिल रेग्मी निर्वाचित भएका छन्।
काठमाडौंमा बिहीबार सम्पन्न १० औं साधारणसभाबाट संचालक निर्वाचित भएका रेग्मीलाई बोर्डको पहिलो बैठकले अध्यक्ष चयन गरेको हो।
संस्थापक शेयर सदस्यहरुबाट रेग्मी सहित ४ जना सदस्य निर्वाचन भएका छन्। जसमा सुरेसकुमार श्रेष्ठ, शेर बहादुर बुढाथोकी र सुनिल कार्की छन्।
साधारणसभालाई सम्बोधन गर्दै गरिमा विकास बैंकका संस्थापक अध्यक्ष जलेश्वर पाण्डेले गरिमा क्यापिटलको विगत स्मरण गराउदै क्यापिटल यहाँसम्म ल्याउन अहिलेको टिमको ठूलो भुमिका रहेको उल्लेख गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाणले नेपालको परिवेश अनुसार गरिमा ग्रुप चलेको हुँदा यस ग्रुपबाट संचालन भएका सबै व्यवसायहरु प्रगतिको बाटोमा गएको धारणा राखे।
क्यापिटलका निर्वाचन अध्यक्ष दिपक पाण्डेले आफुले आठ वर्षसम्म संस्थालाई नेतृत्व गर्दा भोगेका भोगाइहरु उल्लेख गरेका थिए।

